सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग आईपीएल टिम दिल्ली क्यापिटल्सलाई धन्यवाद दिएका छन् । तीन सिजनसम्म दिल्लीको टिममा रहेका सन्दीपलाई दिल्लीले नयाँ सिजनअघि रिलिज गरेको छ ।
दिल्लीले नयाँ सिजनका लागि सन्दीपसहित ६ खेलाडी रिलिज गरेको हो । आईपीएल र विशेषगरी दिल्लीले मलाई धेरै दिएको छ । दिल्ली परिवारलाई धन्यवाद सम्झनलायक ३ वर्षका लागि’ सन्दीपले ट्विटरमा लेखेका छन् ।
@IPL has given a lot to me, especially Team @DelhiCapitals which trusted in me and gave me a break. I am thankful to everyone in DC family for these memorable 3 years. Special shout out to Sir @inspiranti for that first pick. I wish you all enough. Here is to new directions. pic.twitter.com/FB6EtKhWDe
— Sandeep Lamichhane (@Sandeep25) January 21, 2021
सन्दीपले अब नयाँ दिशामा अघि बढ्ने बताएका छन् । लगातार तीन वर्ष दिल्लीको टिममा रहेका सन्दीपलाई अब नयाँ टिमबाट आईपीएल खेल्ने बाटो खुलेको छ । आईपीएलको १३ औं संस्करणमा सन्दीपले दिल्लीबाट एक खेल पनि खेल्न पाएनन् ।
सन् २०१८ को अक्सनबाट दिल्लीले भारु २० लाखमा सन्दीपलाई अनुबन्ध गरेको थियो । त्यसवर्ष सन्दीपले ३ खेल खेल्दै ५ विकेट लिएका थिए भने २०१९ मा ६ खेलमा ८ विकेट लिएका थिए । २०२० मा भने उनले कुनै खेल खेल्न पाएनन् ।