शुक्रबार बिहान ट्विट गर्दै परीक्षण गर्दा आफू र आफ्नी पत्नीलाई समेत कोरोना पुष्टि भएको जानकारी दिएका ट्रम्प उपचारका लागि सरकारी निवास ह्वाइट हाउसबाट त्यही दिन अपराह्न अस्पताल गएका हुन्।
कोरोना संक्रमण पुष्टि भएको २४ घण्टा नपुग्दै शुक्रबार अपराह्न उनलाई ह्वाइट हाउसबाट वाल्टर रिड नेसनल मेडिकल सेन्टर भर्ना गरिएको छ।
वासिङ्टन डिसीस्थित वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टर प्रस्थान गर्नुअघि उनले सुट पाइन्ट र मुखमा मास्क लगाएका थिए। हेलिकप्टरमार्फत उनी अस्पताल गएका थिए।
अस्पताल भर्ना भइसकेपछि ट्रम्पले ट्विटरमा आफ्नो भनाइको भिडियाे पाेस्ट गरेका छन्।जसमा उनले भनेका छन्, ‘मलाई मेरो स्वास्थ्य निकै सुधार हुँदै गएकाे महसुस भइरहेकाे छ। हामी विश्वास दिलाउन चाहन्छौं कि सबै चिज ठीक हुनेछन्। प्रथम महिला (पत्नी) काे स्वास्थ्य पनि धेरै राम्रो हुँदै गएको छ।’