रक्सी पिउनु स्वास्थ्य , परिवार र समाजको लागि राम्रो कुरा होइन। सकेसम्म रक्सी पिउँदै नपिउनुस्। यदि रक्सी धेरै पिएर ह्याङओभर हुन्छ भने निम्न बिधि अपनाएमा ह्याङओभर कम गर्न सकिन्छ। दूध र दहीरक्सी पिउँदा शरीरमा अम्लको मात्रा बढ्छ । यसकारण धेरै थकाइ लाग्छ र सुस्त भइन्छ । यस्तो स्थितिमा दूध वा दही पिउँदा रक्सीको नशा कम हुन्छ । कागती पानीमनतातो पानीमा कागती र नून हालेर पिउँदा पनि रक्सीको नशा उत्रिन्छ । महरक्सी पिएपछि टाउको दुख्ने, बान्ता लाग्ने र चक्कर आउने भएमा तत्कालै मह चाट्नुस् । बिस्तारै ह्याङओभर उत्रिन्छ । सुन्तलाको रससुन्तलाको रसमा भएको भिटामिन सीले चक्कर लाग्न दिँदैन । अनि रक्सीको नशा पनि उत्रिन्छ । अदुवा हालेको चियाअदुवा हालेको चिया पिउँदा टाउको दुखेको कम हुन्छ । अनि रक्सी पचाउन पनि अदुवा चियाले मद्दत गर्छ । -एजेन्सीको सहयोगमा ...
Read MoreCategory: जीवनशैली
हामीले खाएका कतिपय अस्वस्थकर खानाबारे आफैँलाई पत्तो नहुन सक्छ । जसले गर्दा हामी बिरामी पर्न जान्छौँ । अस्वस्थकर खानाले मुख्यतः पेटमा असर गर्छ । समस्या यो छ कि सबै प्रकारका रोगको सुरुवात नै पेटमा हुन्छ । खानापछि १ सय २५ ग्राम मेथी, दुई ग्राम ज्वानो र आधा ग्राम बिरेनुन मिलाएर खानुपर्छ । यसो गर्दा पेटमा ग्यास बन्न रोकिन्छ । एक पोटी लसुन र किसमिस नियमित चपाउँदा पनि पेट सफा हुन्छ । लसुन र किसमिसले पेटमा रहेका विकार हावालाई बाहिर निकाल्ने काम गर्छ । अदुवाको सानो टुक्रामा नुन छर्किएर खाँदा पनि पेटलाई फाइदा पु-याउँछ । दिनमा दुई वा तीनपटक अदुवा र नुन प्रयोग गर्दा ग्यास्ट्रिकको समस्याबाट छुटकारा मिल्नुका साथै समयमा भोक लाग्ने पनि हुन्छ । पेटलाई स्वस्थ राख्नका लागि दैनिक दुई ग्राम ज्वानो र आधा ग्राम नुन चपाएर खान पनि सकिन्छ । यसले पेटको दुखाइबाट बचाउनुका साथै ग्यासको समस्यालाई पनि दूर...
Read More