रक्सी पिउनु स्वास्थ्य , परिवार र समाजको लागि राम्रो कुरा होइन। सकेसम्म रक्सी पिउँदै नपिउनुस्। यदि रक्सी धेरै पिएर ह्याङओभर हुन्छ भने निम्न बिधि अपनाएमा ह्याङओभर कम गर्न सकिन्छ। दूध र दहीरक्सी पिउँदा शरीरमा अम्लको मात्रा बढ्छ । यसकारण धेरै थकाइ लाग्छ र सुस्त भइन्छ । यस्तो स्थितिमा दूध वा दही पिउँदा रक्सीको नशा कम हुन्छ । कागती पानीमनतातो पानीमा कागती र नून हालेर पिउँदा पनि रक्सीको नशा उत्रिन्छ । महरक्सी पिएपछि टाउको दुख्ने, बान्ता लाग्ने र चक्कर आउने भएमा तत्कालै मह चाट्नुस् । बिस्तारै ह्याङओभर उत्रिन्छ । सुन्तलाको रससुन्तलाको रसमा भएको भिटामिन सीले चक्कर लाग्न दिँदैन । अनि रक्सीको नशा पनि उत्रिन्छ । अदुवा हालेको चियाअदुवा हालेको चिया पिउँदा टाउको दुखेको कम हुन्छ । अनि रक्सी पचाउन पनि अदुवा चियाले मद्दत गर्छ । -एजेन्सीको सहयोगमा ...
Read MoreCategory: अन्य
हामीले खाएका कतिपय अस्वस्थकर खानाबारे आफैँलाई पत्तो नहुन सक्छ । जसले गर्दा हामी बिरामी पर्न जान्छौँ । अस्वस्थकर खानाले मुख्यतः पेटमा असर गर्छ । समस्या यो छ कि सबै प्रकारका रोगको सुरुवात नै पेटमा हुन्छ । खानापछि १ सय २५ ग्राम मेथी, दुई ग्राम ज्वानो र आधा ग्राम बिरेनुन मिलाएर खानुपर्छ । यसो गर्दा पेटमा ग्यास बन्न रोकिन्छ । एक पोटी लसुन र किसमिस नियमित चपाउँदा पनि पेट सफा हुन्छ । लसुन र किसमिसले पेटमा रहेका विकार हावालाई बाहिर निकाल्ने काम गर्छ । अदुवाको सानो टुक्रामा नुन छर्किएर खाँदा पनि पेटलाई फाइदा पु-याउँछ । दिनमा दुई वा तीनपटक अदुवा र नुन प्रयोग गर्दा ग्यास्ट्रिकको समस्याबाट छुटकारा मिल्नुका साथै समयमा भोक लाग्ने पनि हुन्छ । पेटलाई स्वस्थ राख्नका लागि दैनिक दुई ग्राम ज्वानो र आधा ग्राम नुन चपाएर खान पनि सकिन्छ । यसले पेटको दुखाइबाट बचाउनुका साथै ग्यासको समस्यालाई पनि दूर...
Read Moreपाल्पा- गत आईतवार भाद्र १४ गतेका दिन रम्भा १ हुगि संगाहामा अबस्थित श्री कृष्ण गण्डकी युबा सुचना केन्द्र भवनमा आगलागी भएको छ । एक्कासि विद्युत सर्ट भै आगलागी भएको स्थानीय बासिन्दाहरुले बताएका छन। आगलागीबाट भवन लगायत भवन भित्रको सम्पुर्ण चिज नष्ट भएको छ । स्थानीय बासिन्दाहरुले समयमै आगो नियन्त्रण गरेपछि आगो अन्य ठाउँमा सर्न पाएन। संगाहाको गहनाको रुपमा रहेको उक्त भवनमा आगलागी भएपछी गाउँबासीहरु अत्यन्तै चिन्तित बनेका छन्। ...
Read Moreपाल्पा। दिनदिनै बढ्दै गईरहेको कोरोना संक्रमण रोक्न जिल्ला प्रसासन कार्यालय पाल्पाले २०७७ भदौ ५ गते १२ बजेदेखि लागू हुने गरी भदौ १२ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा सम्बन्धि बिस्तृत जानकारी तल हेर्नुहोस: ...
Read Moreवैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मीक भूमिका भएको पवित्र वनस्पती हो जसको वैज्ञानीक महत्व पनि प्रमाणीत भइसकेको छ । वैज्ञानीक भाषामा Eragrostis cynosuroides भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारीलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पती कुशको जराबाट बिभिन्न प्रकारका औषधीहरु पनि बनाइन्छ । परापूर्वकालमा पाठशालामा अध्यनरत शिष्यशिष्याहरुको परीक्षा लिने क्रममा कुशको धारीलो घाँसलाई खाली हातले काट्न लगाइन्थ्यो, यसो गर्दा कुशको धारले हात नकाटीकन जसले कुश भेला पार्न सक्छ उसलाई अव्बल मानिन्थ्यो । कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुबैमा अनिवार्य वनस्पती हो । आज औंशी अर्थात चन्द्रबिनाको चूक झै अँध्यारो रात, आजको दिनमा कुशलाई घरमा ल्याइन्छ । कुशको महिमालाई श्रीमद्भागवत् गीता, गरुँड पुराण, यथर्व वेद र विष्णु पुराणमासमेत वर्णन गरिएको...
Read Moreपाल्पा — पाल्पाको निस्दी गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जिप मंगलबार साँझ गल्धाको पटकसर नजिकै दुर्घटना भएको हो । जिप दुर्घटनामा निस्दी गाउँपालिका ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठकुरप्रसाद फाल र सोही गाउँपालिका ४ मित्याल काफलका ३ महिने बालकको घटनास्थलमै मृत्यु भएको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रहरी हवल्दार मनिराम यादवले जानकारी दिए । बालकको नाम खुलेको छैन । दुर्घटनामा निस्दी ५ गल्धा, पटकसरका ३८ वर्षीया सुमित्रा सारु, ३६ वर्षीया सेरमती सारु, २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया तिलकुमारी सारु, मित्यालकी २५ वर्षीया सिर्जना गाहा र मित्याल काफलका २२ वर्षीया विष्णुमाया सारु घाइते भएका छन् । जिप बाटो भास्सिएर ...
Read More