इजरायलमा ५ सय श्रमिक पठाउन प्रोटोकलमा हस्ताक्षर, विज्ञापन खोल्ने तयारी
पाँच सय जना नेपाली श्रमिक पठाउने गरी नेपालले इजरायलसँग गर्ने प्रोटोकलमा हस्तक्षर भएको छ । वैदेशिक रोजगार विभागमा महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले प्रोटोकलमा हस्ताक्षर गरे । गत असोज १४ गते श्रीमिक आपूर्तिबारे नेपाल र इजरायलीच श्रम सम्झौता भएको थियो । पाँच सय नेपाली केयर गिभर लैजाने गरी भएको यो सम्झौता अनुसार श्रमिक पठाउन दुई देशले छलफल गरेर प्रोटोकल तयार गरेका हुन् । अब इजरालयमा केयर गिभरका रुपमा श्रमिक लैजान एक आन्तरिक कार्यविधि जारी गरेर विज्ञापन प्रकाशित हुने विभागका महानिर्देशक कुमार दाहालले बताए । इजरायलमा यो समझौताअनुसार ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष केयर गिभर इजरायल जानेछन् । यसरी जाने केयर गिभरले त्यहाँका स्याहार केन्ऽहरुमा काम गर्नेछन् । न्युनतम तलब १५ सय डलर हुनेछ । त्यसमध्ये ३१० डलर खाना र आवास सुविधाबापत रोजगारदाताले कटौती गर्न...
Read More